२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

प्याव्सन स्पोर्टस फेस्टिबल सुरु

Thumbnail
  • २०७४ पौष ८, शनिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति
    ८ पौष २०७४, सिन्धुपाल्चोक ।

    नीजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) सिन्धुपाल्चोकको आयोजनामा संस्थागत विद्यालयहरुको जिल्ला स्तरीय खेलकुद उत्सव ‘प्याव्सन स्पोर्टस फेस्टिबल २०७४’ हिजो बुधबारबाट लामोसाँघु स्थित वसन्तपूर खेलमैदानमा सुरु भएको छ ।

    जिल्लाका करिव डेढ दर्जन संस्थागत विद्यालयहरु सहभागि रहेको सो खेलकुद उत्सवमा सिनियर पुरुष पूmटबल, सिनियर महिला पूmटबल, जुनियर पुरुष पूmटबल लगाएत एथ्लेटिक्सका १४ वटा विधाहरु समावेश रहेको प्याव्सन अतिरिक्त क्रियाकलाप विभागकी संयोजक एवम् सदावहार एकेडेमी खाडीचौरकी प्रिन्सिपल दुर्गा थापाले बताईन् ।

    शसस्त्र सुरक्षा बल लामोसाँधुका एसपी मधु गर्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा जिल्ला प्याव्सनका सम्पूर्ण पदाधिकारीहरु, प्रिन्सिपल, भाईस प्रिन्सिपल लगाएत ठूलो संख्यामा संस्थागत विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । बुधबार भएका दुईवटै उद्घाटन खेलमा दुईवटै खेलको नतिजा आफ्नो पक्षमा पार्न बाह्रविसे स्थित केतु बोर्डिङ स्कूल सफल भएको छ । पुरुष सिनियर तर्फ मेलम्ची कम्युनिटी सेकेण्डरी स्कूल र केतु बोर्डिङ स्कूलबीच भएको पूmटबलमा केतु बोर्डिङ स्कूल दुई–एक गोल अन्र्तरमा आफ्नो पक्षमा नतिजा पार्न सफल भएको थियो भने महिला सिनियर तर्फको खेलमा पनि चण्डेश्वरी बोर्डिङ स्कूल बाह्रविसेलाई एक–शून्य गोल अन्र्तरले पछि पार्दै केतु बोर्डिङ स्कूल दुबै खेल आफ्नो पक्षमा पार्न सफल भएको छ ।

    उक्त स्पोर्टस फेस्टिवल अन्र्तगत आगामी ८ गते एथलेटिक्स तर्फका सम्पूर्ण १४ वटै प्रतिष्पर्धाहरु सम्पन्न हुँदैछन् भने १० गते पूmटबल तर्फको फाईनल खेल र समापन समारोह सम्पन्न हुँदैछ । समापन समारोहलाई सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद् एवम् पूर्व मन्त्री अग्निप्रसाद सापकोटा एवम् प्यावसन केन्द्रीय महासचिव राजेन्द्र बानियाले सम्बोधन गर्ने जानकारी प्याव्सन अध्यक्ष ऋषिराम नेपालले गराए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस