२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

मतदातालाई धन्यवाद दिँदै सापकोटाले भने– ‘जनताको जीत भयो’

Thumbnail
  • २०७४ मंसिर २३, शनिबार मा प्रकाशित ८ साल अघि
  • खबरज्योति
    २३ मंसिर २०७४, सिन्धुपाल्चोक ।

    सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का विजयी उम्मेदवार अग्निप्रसाद सापकोटाले बाम गठबन्धनको जीत जनताको जीत भएको बताए ।

    मूख्य निर्वाचन कार्यालयले प्रदान गरेको विजयी उम्मेदवारको प्रमाणपत्र ग्रहण गर्दै सापकोटाले बाम गठबन्धनको जीत महान अग्रगामी छलाङ भएको बताए । उनले भने– ‘यो महान अग्रगामी छलाङ हो, अब देशमा नयाँ राजनीतिको सुरुवात हुनेछ ।’ समग्र सिन्धुको जीत भएको भन्दै सापकोटाले सामुहिक जीतसँगै मूल्य, मान्यता र सिद्धान्तको जीतको पनि जित भएको धारणा राखे ।

    सापकोटाले आफूलाई विश्वास गर्ने मतदाता र सबै शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । जनताले आपूmहरुलाई असाधारण जिम्मेवारी सुम्पेको बताउँदै अब आपूm भूकम्प पीडितहरुको पुर्ननिर्माणको लागि लाग्ने बताए । ‘जनताले असाधारण जिम्मेवारी सुम्पेका छन्’, उनले भने– ‘जनताको विश्वास धोका हुने छैन ।’

    अब विकास र समृद्धिको ढोका खोल्न लाग्ने बताउँदै सापकोटाले तातोपानी नाका खुलाउन आपूmले तत्कालै पहल गर्ने प्रतिबद्धता जनाए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस