२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

आयोजक ए र बि पुग्यो सेमिफाइनलमा

Thumbnail
  • २०७४ आश्विन २९, आईतबार मा प्रकाशित ६ साल अघि
  • फुलमान तामाङ
    २९ असोज २०७४, नवलपुर ।

    नवलपुर युनाइटेड क्लबले आयोजना गरेको प्रथम जिल्ला स्तरीय फुटबल टुर्नामेन्टको क्वाटर फाइनलको पहिलो खेलमा नवलपुर युनाइटेड (ए) ले एण्टिवाइसी भारी गोलले पराजीत गरेको छ ।

    आयोजक ए ले १३ गोल गरेको छ भने एनटिवाइसीले १ गोल फर्काएको छ । सेमिफाइनलमा पुर्याउन आयोजक ए को तर्फबाट कृष्ण भण्डारीले ६ गोल, अजय तामाङले २ गोल, सुजन माझीले २ गोल, सोनम तामाङले २ गोल र दिपक घिसिङले १ गोल गरेका थिए ।

    त्यस्तै शनिबार भएको अर्को खेलमा आयोजक सि लाई आयोजक बि ले २–० गोलले पराजित गर्दै आयोजक बि पनि सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल भने आज हुँदैछ । इन्द्रावती गाउँपालिका– ५ स्थित ऐसेलुखर्क मैदान भईरहेको खेलको सेमिफईनल को पहिलो खेल आज नवलपुर युनाइटेड ब भर्सेस कमलादेवी युथ क्लबबीच हुने जनाईएको छ ।

    आयोजक क्लबका अध्यक्ष चीन लामाका अनुसार प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र हात पार्नेछन् भने दोस्रो हुनेले १ लाख एक हजार रुपैयाँ, मेडल, कप, प्रमाणपत्र र तेस्रो हुने टीमले ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त टुर्नामेन्ट मा १४ वटा टिम सहभागी छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस