२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

समाजताराले हातपार्यो सुपर एट्स क्रिकेट प्रतियोगिताको उपाधी

Thumbnail
  • २०७४ आश्विन २९, आईतबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति

    २९ असोज २०७४, सिन्धुपाल्चोक ।

    प्रथम पाँचपोखरी सुपर एट्स क्रिकेट प्रतियोगिताको उपाधी आयोजक समाजतारा युवा क्लबले हात पारेको छ ।

    जिल्लामै पहिलो पटक भएको क्रिकेट प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा मेलम्ची वरियर्सलाई २ विकेटले पराजित गर्दे आयोजकले नै उपाधी माथी बर्चस्व जमाएको हो । प्रतियोगीतामा बिजेता बनेको समाजताराले ३५ हजार नगद सहित शील्ड र मेडल पाएको छ । उपबिजेता बनेको मेलम्चीले २० हजार नगदमा चित्त बुझाएको छ ।

    प्रतियोगीतामा मेलम्ची वरियर्सका सुदिप दुलाल बेष्ट बलर, पाँचपोखरी क्रिकेट क्लबका लाक्पा तामाङ बेष्ट ब्याट्सम्यान र टिम बाह्रबिसेका बिजेश श्रेष्ठ म्यान अफ दी सिरिज घोषित भएका छन् ।

    टस हारेर ब्याटिङको निम्तो पाएको मेलम्चीले निर्धाति ८ ओभरमा ५ वीकेट गुमाएर ५३ रन मात्रै बनाउन सकेको थियो । ५४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको समाजताराले ७ ओभरमा ५ वीकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

    यस अधि भएको सेमीफाइनलमा समाजताराले टीम बाह्रबिसेलाई र मेलम्चीले दक्षिणकाली क्रिकेट लायन्स क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो । अन्तर्राष्ट्रिय पारा ओलम्पीक खेलाडी स्व. जीतबहादुर खड्काको स्मृतिमा आयोजना भएको प्रतियोगीता असोज २६ गतेबाट सुरु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस