२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

साफ यू–१८ च्याम्पियनसिपको उपाधि नेपाललाई

Thumbnail
  • २०७४ आश्विन १३, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति

    १३ असोज २०७४, सिन्धुपाल्चोक ।

    भुटानको राजधानी थिम्पुमा बुधबार सम्पन्न साफ यू–१८ च्याम्पियनसिपको उपाधि नेपालले जित्यो । दोस्रो पटक उपाधि जित्ने क्रममा नेपालले अन्तिम खेलमा भारतलाई ले हरायो। चाङलिमिथाङ रंगशालामा भएको निर्णायक खेलमा नेपाललाई च्याम्पियन बनाउन दिनेश हेन्जनले गोल गरेका थिए ।

    पहिलो खेलमा भुटानसँग पराजित भएको नेपालले त्यसपछिका खेलमा लगातार जित निकालेर उपाधि रक्षा गरेको हो । पाँच टिमबीच राउन्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा नेपालले हेड टु हेडमा बंगलादेशलाई पछि पारेर ट्रफी उच्लायो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस