२०८३ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2026

सम्बोधन

Thumbnail
  • २०७४ आश्विन ९, सोमबार मा प्रकाशित ९ साल अघि
    • ईश्वर थोकर

    सम्बोधन

    तिमिले तिम्रो सुन्दर आँखालाई

    मिखाः भन्छ्यौ

    म, मिः भन्छु

    तिमिले तिम्रो प्यारो गाउँलाई

    ख्वपः भन्छ्यौ

    म, खोपोङ् भन्छु

    तिम्रो मिखाः र मेरो मिः मा म अन्तर देख्दिन

    मेरो खोपोङ र तिम्रो ख्वपः मा म फरक भेट्दिन

    त्यसैले

    त्यसैले प्रिये,

    कहिले म तिमिलाई मैच्याङ् भनुँला–

    कहिले मयजु ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑