२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

एसिया कपको सम्भावना टर्यो

Thumbnail
  • २०७४ आश्विन ९, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,

    ९ असोज २०७४, काठमाण्डौ ।

    काठमाडौं १६ वर्षमुनिको एसिया कप फुटबलमा नेपालको छनौट हुने सम्भावना सकिएको छ । छनौट खेल अन्तर्गत भारत र इराकबीचको खेल गालरहित बराबरीमा टुङ्गिएकाले नेपालको सम्भावना सकिएको हो ।

    सोह्र वर्षमुनिको एएफससी च्याम्पियनसिप फुटबलको छनौटमा नेपालले आइतबार प्यालेस्टाइनसँग खेल्दैछ । नेपालले प्यालेस्टाइनलाई फराकिलो गोलअन्तरले हराएमामा र अर्को खेलमा इराकले भारतलाई हराए उत्कृष्ट उपविजेताका रुपमा च्याम्पियसिपमा छनौट हुने नेपालको सम्भावना थियो ।

    तर इराक र भारतले अंक बाँडेपछि नेपालको छनौट हुने सम्भावना सकिएको हो । समूह विजेता इराकको ७ अंक रहेको छ भने समूह उपविजेता भारतको ५ अंक रहेको छ  । नेपालको एक अंक मात्रै छ । प्रतियोगिताबाट बाहिरिइसकेको प्यालेस्टाइनलाई हराउँदा पनि नेपालको ४ अंक मात्रै हुनेछ । समूहको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनसँग ३ः३० बजे सशस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा खेल्दैछ ।

    १० समूहमा भइरहेको छनौट प्रतियोगितामा सबै समूहका विजेता च्याम्पियनसिपका लागि छनौट हुनेछन् भने १० समूहका १० उपविजेतामध्ये ५ वटा देश उत्कृष्ट उपविजेताका रुपमा छानिनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस