२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

‘मिस युनिभर्स’ मा नेपाली भेषभूषासँगै नग्मा

Thumbnail
  • २०७४ कार्तिक १६, बिहिबार मा प्रकाशित ८ साल अघि
  • खबरज्योति
    १६ कार्तिक २०७४, काठमाण्डौ ।

    मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ ‘मिस युनिभर्स’ को तयारीका लागि नोभेम्बर ६ मा अमेरिका जाने भएकी छिन् । अमेरिकामा उनले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गर्ने ‘मिस नेपाल’ को आयोजक हिड्न ट्रेजरले जानकारी दिएको छ ।

    ६६ औं ‘मिस युनिभर्स’ अमेरिकाको लस भेगासमा यही नोभेम्बर २६ मा हुँदैछ। जसमा नेपालबाट नग्माले प्रतिनिधित्व गर्नेछिन् । नेपालले पहिलो पल्ट ‘मिस युनिभर्स’ मा भाग लिँदैछ ।

    मिस नेपाल अर्थ घोषित भएपछि नग्माले विभिन्न खाले प्रशिक्षक तथा तालिम लिएकी थिइन् । उनले आफूलाई भोट गरेर सहयोग गर्न अपील गरिन् । ‘उपाधि जित्न भोट पनि जरुरी पर्ने कारण मेरो मेहनतलाई सार्थक तुल्याउन तपाईहरु सबैलाई अपील गर्छु,’ उनले भनिन् । उनले अमेरिकामा आफ्नो मौलिक पहिरनलाई बढी महत्व दिने स्पष्ट पारिन् ।

    यसै अवसरमा उनले विभिन्न नेपाली डिजाइनका गहना र लुगाको पनि प्रस्तुति दिएकी थिइन् । नेपाल २३ वर्षपछि यो प्रतियोगितामा भाग लिईदैछ । द हिडेन ट्रेजरले मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ रहेकी नग्मालाई उक्त टाइटल दिँदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो ।

    द हिडेन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपतिले पहिले यसलाई निरन्तरता दिने आर्थिक स्थितिमा आफूहरु नभएको अब निरन्तर दिने प्रतिवद्धता व्यक्त गरे।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस