२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

मेलम्चीको पानी चाँडै ल्याउने गृहकार्यमा छौ : मन्त्री चौधरी

  • २०७८ पौष १२, सोमबार मा प्रकाशित २ साल अघि

  • पुस १२, २०७८

    चौतारा । खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकामा मेलम्चीको पानी चाँडोभन्दा चाँडो ल्याउन आफूले गृहकार्य गरिरहेको बताएका छन्। मेलम्चीको पानी तत्काल उपत्यकामा ल्याएर कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्ने पनि बताए।

    नेपाल निजामती कर्मचारी युनियन, खानेपानी मन्त्रालय विभागीय कार्यसमितिको आठौँ अधिवेशनको आइतबार उद्घाटन गर्दै उनले विगतको सरकारको जस्तो हतारमा लतार गरेर काम गर्ने पक्षमा आफू नरहेको पनि उल्लेख गरे। ्

    नेपाली काँग्रेसका सहमहामन्त्री रहेका मन्त्री चौधरीले काँग्रेस सरकारको पालामा काम हुने तर विगतका सरकारले हतारमा उद्घाटन गर्ने क्रियाकलापले विकृति र विसङ्गति नै फैलाएको बताउनुभयो ।

    कर्मचारीको सहयोगमा काठमाडौँवासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस