२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

विश्वमा २४ घण्टामा थपिए ६ लाखभन्दा बढी कोरोना संक्रमित‚ ११ हजारको मृत्यु

  • २०७७ चैत्र १४, शनिबार मा प्रकाशित ४ साल अघि
  • चैत १४, २०७७

    एजेन्सी : कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ११ हजारभन्दा बढीको मृत्यु भएको छ। ब्राजिलमा मात्रै तीन हजार ६०० जनाको मृत्यु भएको छ।

    यस्तै‚ सोही अवधिमा अमेरिकामा १ हजार २१६‚ स्पेनमा ५९०, मेक्सिकोमा ५८४, इटलीमा ४५७, पोल्याण्डमा ४४३ तथा रसियामा ४०० जनाभन्दा बढीको मृत्यु भएको छ। फ्रान्समा ३६३, युक्रेनमा ३२६ र भारतमा २९२ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा विश्वभर ६ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित थपिएका छन्। जसमध्ये ब्रजिलमा ८२ हजार ५००, अमेरिकामा ७३ हजार ७००, भारतमा ६२ हजार २९१, फ्रान्समा ४१ हजार ८००, पोल्याण्डमा ३५ हजार, टर्कीमा २९ हजार र इटलीमा २३ हजार ९०० संक्रमित थपिएका छन्।

    विश्वभर कुल संक्रमितको संख्या १२ करोड ६६ लाख पुगेको छ भने २७ लाख ७८ हजारजनाको मृत्यु भएको छ। १० करोड २१ लाख मानिस संक्रमणमुक्त भएका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस