२०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

किन हुन्छ एन्जाइटी ?

  • २०७७ आश्विन २४, शनिबार मा प्रकाशित ५ साल अघि
  • असोज २४, २०७७

    मुटुको धड्कन बढ्नु, श्वासप्रश्वास तीब्र हुनु, अचानक निद्रा खुल्नु, सुतेको अवस्थामा पसिना आउनु । यावन् अवस्थालाई हामी मुटुको समस्या वा अन्य रोगको लक्षण सम्झने गर्छौं । जबकी यस किसिमको संकेत एन्जाइटी डिसर्डर पनि हुनसक्छ ।

    अक्सर मान्छेले मुटुको धड्कन बढ्नु र श्वासप्रश्वास तीब्र हुनुलाई मुटुको रोग भनी सम्झने गरेका छन् । यद्यपि मनोचिकित्सकहरु यसलाई एन्जाइटीको लक्षण हुनसक्ने बताउँछन् । त्यसो त एन्जाइटी एकैनासे हुँदैन, अनेक किसिमका हुने गर्छन् । जस्तो जेनरलाइज्ड एन्जाइटी डिसअर्डर, सोसल एन्जाइटी,  सेपेरेसन एन्जाइटी डिसअर्डर, प्यानिक डिसअर्डर आदि ।

    एन्जाइटी डिसअर्डर किन हुन्छ त ? यसको निश्चित कारण भेटिदैन । यद्यपि जीवनमा घटेका कतिपय अप्रत्यासित पीडादायक घटनाहरुले मान्छेलाई एन्जाइटीको अवस्थामा पु¥याउन सक्ने बताइन्छ । त्यसैगरी वंशाणुगत कारणले पनि एन्जाइटी डिसअर्डर हुने सम्भावना अत्यधिक हुन्छ । कतिपयलाई विभिन्न शारीरिक रोगले एन्जाइटी बढाउँछ । एन्जाइटीको समस्या कतिपय मेडिकल रोगसँग पनि सम्बन्धित हुन्छ । मुटु रोग, मधुमेह, थाइराइडजस्ता रोगको सम्बन्ध एन्जाइटीसँग पनि हुने गर्छ । धूमपान, मद्यपान, लागु पदार्थको सेवन, श्वासप्रश्वासमा समस्या, दम आदि पनि एन्जाइटीका कारक  हुन् ।

    न्जाइटीका सामान्य लक्षण

    –अनायस भय पैदा हुनु ।

    –मुटुको धड्कन बढ्नु ।

    –पसिना आउनु ।

    –हातखुट्टा काम्नु ।

    –छटपटी हुनु ।

    –टाउको दुख्नु ।

    –ग्याष्ट्रिक हुनु ।

    –आत्माविश्वास हराउनु ।

    –कमजोरी महसुष हुनु ।

    कसरी बच्ने ?

    खराब जीवनशैली पनि एन्जाइटीको एक मूख्य कारण भएकाले जीवनशैली सुधार्नुपर्छ । पोषिलो र सन्तुलित खानपान, पर्याप्त निद्रा नियमित व्यायाम, सकारात्मक चिन्तन आदि जरुरी हुन्छ । खासगरी कामको बोझ धेरै हुने व्यक्तिमा एन्जाइटी बढेर जाने जोखिम हुन्छ, त्यस्तो अवस्थामा कामको बोझ घटाउँदै जाने गर्नुपर्छ ।

    एन्जाइटी भएमा मनोपरामर्शदातासँग नियमित परामर्श लिन जरुरी हुन्छ । मनोपरामर्शदाताले कग्नेटिभ बिहेभिएर साइको थेरापीको माध्ययमबाट उपचार गर्छन् । बिरामीलाई निकै गाह्रो भएको अवस्थामा मनोचिकित्सकबाट औषधी नै सेवन गर्नुपर्ने हुन्छ । यस्तो समस्यालाई कहिल्यै पनि सामान्य ठानेर बस्नु हुँदैन । नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।

    एन्जाइटीको मात्रा केही कम भइसकेपछि विस्तारै योग, ध्यान तथा प्राणायामलाई नियमित गर्नु लाभदायक हुन्छ । नियमित ध्यानले नकारात्मक सोचलाई कम गरी प्रतिकूल अवस्थामा पनि संयम रहनसक्ने क्षमता विकास गर्छ ।  यसका साथै विश्रामको अभ्यास, योग निद्राको नियमित अभ्यास गर्दा तनाव हटाउन सहयोग पुग्छ ।

    खानपानमा विशेष ख्याल राख्नुपर्छ । सन्तुलित भोजनको प्रयोग गर्नुपर्छ । रक्सी, चुरोट, सुर्ती तथा अन्य लागु पदार्थहरूको प्रयोग गर्नु हुँदैन । अनलाइन खबरबाट

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस