२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

१ हजार ५१३ कोरोना संक्रमित थपिए, थप १० को मृत्यु

  • २०७७ आश्विन १३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • असोज १३, २०७७
    चौताराः देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५१३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५१३ संक्रमित थपिएका हुन् ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५५ हजार ३७१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ६ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८९१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन ९ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना रहेका छन् । आजसम्म देशभर हजार जना क्‍वारेन्टिनमा रहेका छन् ।

    देशभर ३४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २१३ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

    थप १० को मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
    सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस