२०८३ बैशाख १२, शनिबार | Sat, 25, Apr, 2026

‘जुनी जुनी’ सार्वजनीक (भिडियो)

  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • साउन ९, २०७७
    चौताराः गायक एंव संगीतकार कर्साङ लामा र गायीका प्रश्ना लामाको आवाजमा रहेको जुनी जुनी बोलको गीत बजारमा आएको छ । आज अनलाइन प्रेस मिट मार्फत सो गीत रिलिज गरेका हुन ।

    गीतमा कृष्ण राउतको शब्द रहेको छ भने उनै गायक एंव संगीतकार कर्साङ लामाको संगीत, संगीत संयोजन,स्वर र मिक्सिङ रहेको छ भने गायीका प्रश्ना लामाले स्वरमा साथ दिएकी छिन ।

    गंगा राम राइले छायांकन गरेको उक्त भिडियोलाई मोडल एंव निर्देशक हेरुका लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन भने अमिर दोङ्ले सम्पादन, बिक्रम गौतमले मेकअप र राजु दोङले कलर गरेका हुन ।

    उक्त भिडियो सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ, लक्षु प्रकाश मल्ल,अमिर दोङ, बाबु जिम्बा,टेकेन्द्र कार्की,कमल फुयाँल, हेरुका लामा,प्रश्ना लामा, जेम्स तामाङ,बिक्रम पौडेल,आकाश तामाङ,विवेक लोप्चन,बल बहादुर खालिङ लगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    भिडियो

    https://www.youtube.com/watch?v=Txy6Q3a3slo&feature=youtu.be&fbclid=IwAR2KcS_jjVwmFDz1-76xECU1ePZ9DgBwbMgPjXCo56JJJJ85vHGPyDQmDTw

     

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस