२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

कोरोना संक्रमिताको संख्या नौ हजार नाघ्यो, आइतबार ४२१ संक्रमित थपिए

  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २०७७ असार ७ आइतबार

    काठमाडौंः नेपालमा कोरोना सक्रमितको संख्या ९ हजार नाघेको छ। आइतबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४ सय २१ जना संक्रमित थपिएसँगै कोरोना संक्रमिताको संख्या नौ हजार नाघेको हो।

    नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
    यस्तै, पछिल्लो २४ घण्टामा १ सय ८६ जना पुरुष र ८ जना महिला निको भएर घर फर्किएका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस