२०८३ भाद्र ९, मंगलबार | Tue, 25, Aug, 2026

पुरुषोत्तम-प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक (भिडियो)

teej pic
  • २०८३ भाद्र ९, मंगलबार मा प्रकाशित १ मिनेट अघि
  • चितवन । पुरुषोत्तम दुवाडी र प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक भएको छ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीतमा परदेशिएकी चेलीले गर्ने माइतीको सम्झना, चेलीका भावना र तीजको सांस्कृतिक पक्षलाई समेटिएको छ।

    गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ भने पुरुषोत्तम दुवाडीको शब्द र पुरुषोत्तम दुवाडी तथा जेबी ओलीको संगीत रहेको छ। थेगो उपेन्द्र दुवाडीको रहेको गीतलाई यम थापाले एरेन्ज गरेका छन्।

    गीतको रेकर्डिङ सुमन राना मगरले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ पनि कुमार राना मगरले गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो।

    ‘माईतीको सम्झना’को भिडियोमा रेजी बस्नेत, कमल अर्याल, तारा अर्याल र संजय दुवाडीको अभिनय रहेको छ। बाल कलाकारतर्फ अनिकेत पौडेल, समाईरा दुवाडी र आयान्स दुवाडी रहेका छन्। भिडियोको कोरियोग्राफी ड्रिम्स डान्स स्टुडियोले गरेको हो।

    भिडियोको प्रकाश व्यवस्थापन सुमन तामाङले गरेका छन् भने छायांकन कृष्ण प्रसाद देवकोटा र पुजन लामिछानेले गरेका हुन्। भिडियो निर्माण ह्याप्पी मिडिया नेटवर्क, चितवनले गरेको हो।

    गीतको निर्माता प्रमिला दुवाडी र आरती दुवाडी रहेका छन् भने रामु आचार्यले सम्पादन तथा निर्देशन गरेका छन्। तीजको मौलिक संस्कृति, चेली-माइतीबीचको आत्मीय सम्बन्ध र परदेशमा रहेका चेलीहरूको माइतीप्रतिको सम्झनालाई प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको ‘माईतीको सम्झना’ले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा निर्माण पक्षले गरेको छ। गीतको भिडियो ‘जे बि ओली अफिसियल’ युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ।

     

     

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस