२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४१ लाख नाघ्यो

  • २०७८ श्रावण ४, सोमबार मा प्रकाशित २ साल अघि
  • असार ४, २०७८

    एजेन्सी : विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ६७५ जनाको मृत्यु भएसँगै विश्वमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ५ हजार ३५२ पुगेको हो।

    कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ६ लाख २४ हजार ७५६ जनाको मृत्यु भएको छ। ब्राजिलमा ५ लाख ४२ हजार २६२, भारतमा ४ लाख १४ हजार १४१, मेक्सिकोमा २ लाख ३६ हजार र पेरुमा १ लाख ९५ हजारको मृत्यु भएको छ। 

    यस्तै पछिल्लो २४ घण्टामा इन्डोनेसियामा १ हजार ९३, ब्रजिलमा ९३९, रसियामा ७६४ र भारतमा ५०१ जनाको मृत्यु भएको छ। यस्तै, बेलयायतमा ४८ हजार, इन्डोनेसियामा ४४ हजार ७००, भारतमा ३८ हजार ३२५, ब्रजिलमा ३४ हजार र रसियामा २५ हजारसहित विश्वभर ४ लाख ४० हजार संक्रमित थपिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस