२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

भारतमा कोरोना : एकै दिन २ लाख ७५ हजारमा संक्रमण‚ १६ सयभन्दा बढीको मृत्यु

  • २०७८ बैशाख ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ६, २०७८

    एजेन्सी : भारतमा पछिल्लो दिनयता दिनहुँ नयाँ रेकर्ड कायम हुने गरी कोरोना भाइरस संक्रमित थपिइरहेका छन्। तीव्र रूपमा संक्रमण फैलिरहेको भारतमा पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७५ हजार ३०० जनामा संक्रमण पुष्टि भएको छ।

    सोही अवधिमा १ हजार ६२५ जनाको मृत्यु भएको छ । योसहित भारतमा कुल संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार पुगेको छ। संक्रमणबाट १ लाख ७८ हजार ७९३ जनाको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

    भारतमा अघिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जना संक्रमित थपिएका थिए। यस्तै‚ सोही अवधिमा १ हजार ४०० जनाको मृत्यु भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस