२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

भारतमा एकै दिन २ लाख १६ हजारजनामा कोरोना संक्रमण‚ १ हजार १८३ को मृत्यु

  • २०७८ बैशाख ३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ३, २०७८

    एजेन्सी : भारतमा एकै दिन २ लाख १६ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै‚ पछिल्लो २४ घण्टामा एक हजार १८३ जना संक्रमितको मृत्यु भएको छ।

    यससँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ। भारतपछि सबैभन्दा धेरै संक्रमित ब्राजिलमा फेला परेका छन्। त्यहाँ हिजो मात्रै ८० हजार ५०० भन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७७४ जनाको मृत्यु भएको छ।

    यसैगरी अमेरिकामा थप झण्डै ७२ हजार संक्रमित फेला परेका छन् भने ८७७ जनाको मृत्यु भएको छ। टर्कीमा साढे ६१ हजार, फ्रान्समा ३८ हजार, जर्मनीमा ३० हजार र अर्जेन्टिनामा थप २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस