२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

भारतमा कोरोना संक्रमण दर विश्वमै उच्च‚ एकै दिन एक लाख ८५ हजारमा पुष्टि

  • २०७८ बैशाख १, बुधबार मा प्रकाशित ३ साल अघि
  • बैशाख १, २०७७

    एजेन्सी : पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भारतमा फेला परेका छन्। भारतमा एक लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ।

    योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड ३८ लाख १३ हजार पुगेको छ। बितेको २४ घण्टामा एक हजार २६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७२ हजार ११५ जना पुगेको छ।

    यस्तै, पछिल्लो २४ घण्टामा ब्राजिलमा ३ हजार ६८७ जना, अमेरिकामा ८०६, पोल्याण्डमा ६४४, इटलीमा ४७६, फ्रान्समा ३४५, रुसमा ३३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २९ लाख ७१ हजार ९३ पुगेको छ।

    यसैबीच ब्राजिलमा पछिल्लो एकै दिन ८० हजार, अमेरिकामा ७५ हजार ५५६, टर्कीमा ५९ हजार, फ्रान्समा ३९ हजार कोरोना संक्रमित थपिएका छन्।

    विश्वभर कोरोना संक्रमितको संख्या १३ करोड ७९ लाख ९९ हजार १९८ जना पुगेको छ। जसमध्ये ११ करोड १० लाख २० हजार ६७८ जना संक्रमण मुक्त भएका छन्।  

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस