२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

कोरोनाको संक्रमित बढेपछि भारतले खोप निर्यातमा रोक लगायो

  • २०७७ चैत्र ३०, सोमबार मा प्रकाशित ३ साल अघि
  •  

    चैत ३०, २०७७

    एजेन्सी : भारतले कोरोनाविरुद्धको खोप रेमडेसिभिर औषधि निर्यातमा रोक लगाएको छ।  आफ्नै  देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केन्द्रीय सरकारले आइतबारदेखि निर्यातमा रोक लगाएको हो।

    कोरोना भाइरस संक्रमितको उपचारमा यो औषधि धेरै महत्त्वपूर्ण मानिन्छ र आपतकालीन प्रयोग गरिँदै आएको छ। तर, पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै जाँदा यो औषधिको माग पनि बढेको छ।

    भारतमा एकै दिनमा एक लाख ५२ हजार ८७९ जना संक्रमित थपिएका छन्। भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितको संख्या तीव्र वृद्धि हुँदै आएको छ।

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस