२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

भारतमा कोरोना संक्रमित दर बढ्दो‚ एकै दिन थपिए ९२ हजार ९००

  • २०७७ चैत्र २२, आईतबार मा प्रकाशित ३ साल अघि
  • चैत २२, २०७७

    एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमित दर दिनहुँ बढ्दो छ। पछिल्लो २४ घण्टामा ९२ हजार ९०० भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन  ८९ हजार १९ जनामा संक्रमण देखिएको थियो।

    यस्तै‚ पछिल्लो २४ घण्टामा भारतमा ५४० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै‚ सोही अवधिमा विश्वमै सबैभन्दा बढी ब्राजिलमा १ हजार ९३१ जना संक्रमितको मृत्यु भएको छ। यस्तै‚ ४१ हजार नयाँ संक्रमित पहिचान भएको छ।

    अमेरिकामा थप ६४ हजारमा कोरोना संक्रमण पुष्टि हुँदा ७९० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा पोल्यण्डमा ५७१, रुसमा ३८४, इटलीमा ३७६, टर्कीमा १८६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यस्तै‚ पछिल्लो २४ घण्टामा टर्कीमा ४४ हजार ७५६, इटलीमा २१ जना संक्रमित भेटिएका छन्। योसहित गरी विश्वभर एकै दिन ५ लाख २३ हजार संक्रमित थपिएका छन्।

    विश्वमा कुल संक्रमितको संख्या १३ करोड १३ लाख २७ हजार ८३३ पुगेको छ। १० करोड ५७ लाख १७ हजार ३१४ जना कोरोना संक्रमणमुक्त भएका छन्। २८ लाख ५८ हजार २३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस