२०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

पानी कति र कुन बेला पिउने ?

  • २०७७ चैत्र २२, आईतबार मा प्रकाशित ५ साल अघि
  • चैत २२, २०७७

    एजेन्सी : एक दिनमा कम्तिमा आठ गिलास पानी पिउनु राम्रो मानिन्छ। तर, तिर्खा लागेपछि मात्रै पानी पिउने बानी धेरै मानिसमा हुन्छ।

    पर्याप्त मात्रामा पानी पिउँदा शरीर स्वस्थ रहनुका साथै स्फूर्ति समेत बढ्छ, जसकारण दैनिक कम्तिमा आठ गिलास पानी पिउनु राम्रो मानिन्छ।

    हरेक दिन बिहान उठ्नासाथ खाली पेटमा एकदेखि दुई गिलास पानी पिउनु राम्रो मानिन्छ। त्यसमा मह र कागती मिसाएर पिउँदा झनै फाइदाजनक हुन्छ।

    तपाईं बिरामी, गर्भवती या स्तनपान गराउने आमा हुनुहुन्छ भने सामान्य अवस्थामा भन्दा बढी पानी पिउनुपर्छ। एक दिनमा थोरैमा १० गिलास पानी पिउनुपर्छ।

    यस्तै, खाना खानु एक वा आधा घन्टा अगाडि एक गिलास पानी पिउनु राम्रो हुन्छ। यसले तपाईंलाई भोक लागेको कम गराउँछ। जसले तौल बढ्न पाउँदैन र पाचन शक्तिलाई पनि बढाउँछ।

    तपाईंलाई खाना खाँदा तिर्खा लाग्छ भने सो बीचमा पानी पिउनु हुँदैन। यस्तो बेलामा दही या सलाद खाँदा राम्रो हुन्छ। पानी पिउने बानी छ भने तत्काल छाडेको राम्रो हुन्छ।

    अफिसमा काम गर्दागर्दै थकान भएको महसुस गर्नुभएको छ भने खाजाको साटो एक गिलास पानी पिउँदा तत्काल स्फूर्ति आउँछ। बिहान, दिउँसो, साँझ र राति क्रमश: पानी कम पिउँदै जानु राम्रो हो।

    दैनिक व्यायाम गर्नुहुन्छ भने शुरू गर्नुपूर्व र पछि पानी सक्दो पिउनु राम्रो हुन्छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस