२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

कंगोमा विद्रोही हमला, २९ जना गाउँलेको हत्या

  • २०७७ चैत्र २१, शनिबार मा प्रकाशित ३ साल अघि
  • चैत २१, २०७७

    एजेन्सी : उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको छ। युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार आक्रमण भएको हो।

     त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको हो। प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी दिएको छ। ती नागरिकहरु सो क्षेत्रका स्थानीय हुन्।

    उक्त घटनामा चार जना विद्रोही पनि मारिएका छन्। ती विद्रोहीहरु गाउँलेले प्रतिकार गर्ने क्रममा ज्यान गएको हो। सो क्षेत्रमा अरु कम्तीमा पनि ५० जना सर्वसाधारण हराएका छन्। उनीहरुलाई ती विद्रोहीहरुले अपहरण गरेर लगेका सैनिक स्रोतले जनाएको छ। हत्याको कारण खुल्न सकेको छैन। सैनिकले ती हत्याराहरुको खोजी जारी रहेको पनि बताएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस