२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

चन्द्र सिंहको ‘लाहुरे’ गीतमा गौरव र लक्ष्मी (भिडियोसहित)

  • २०७७ चैत्र ३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • फागुन ३, २०७७

    चौतारा : पछिल्लो समय म्युजिक भिडियोहरूमा स्टार कलाकार देखिने क्रम निक्कै बढेको छ । यही क्रममा अभिनेता गौरव पहाडी र लक्ष्मी वर्देवा अभिनित ‘लाहुरे’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    चन्द्र सिंह घलेले लेखेको गीतमा चन्द्र सिंह र रानी शाक्यको स्वर सुन्न सकिन्छ । गीतमा संगीत पनि गीतकार चन्द्र सिंहले नै दिएका छन् ।

    गीतको म्युजिक भिडियोमा बाध्यतावश विदेशिएका युवाको कथालाई प्रस्तुत गरिएको छ । काश्यप निशानले निर्देशन गरेको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ । भिडियो सम्पादन निर्देशक निशानले नै गरेका हुन् ।


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस