२०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

कोरोनाबाट विश्वभर २२ लाख ४६ हजारको मृत्यु

  • २०७७ माघ २०, मंगलबार मा प्रकाशित ५ साल अघि
  • माघ २०, २०७७

    काठमाडौं : विश्वभरको कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ लाख ४६ हजार पुगेको छ। 

    गत २४ घण्टामा झण्डै ९ हजार संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २२ लाख ४६ हजार ७ सय ७३ पुगेको हो। अमेरिकामा १७ सय २५, जर्मनीमा ६ सय १९, ब्राजिलमा ६ सय ९, फ्रान्समा ४ सय ५५, रसियामा ४ सय ३७, वेलायतमा ४ सय ६ र इटलीमा ३ सय २९ जनाको मृत्यु भएको छ। 

    एकै दिन ३ लाख ७७ हजार कोरोना संक्रमित थपिएका छन्। अमेरिकामा सबैभन्दा धेरै १ लाख १३ हजार संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या २ करोड ६९ लाख पुगेको छ। 

    स्पेनमा २५ हजार ८ सय, ब्राजिलमा २५ हजार २ सय, वेलायतमा १८ हजार ६ सय, रसियामा १७ हजार ६ सय र भारतमा  ८ हजार ५ सय संक्रमित थपिएका छन्। विश्वभर कूल संक्रमितको संख्या १० करोड ३९ लाख नाघेको छ। जसमध्ये ७ करोड ५६ लाख ७० हजार जना संक्रमणमुक्त भइसकेका वल्डोमिटरले जनाएको छ। 

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस