२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरी मुख्यमन्त्री !

  • २०७७ माघ १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • माघ १२, २०७७

    एजेन्सी : भारतको उत्तराखण्डमा राज्यमा १९ वर्षीया किशोरीलाई मुख्यमन्त्री बनेकी छन्। राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई मुख्यमन्त्री बनाइएको हो।

    राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बनाइएको हो।

    उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएअनुसार गोस्वामी आज (आइतबार) एक दिनका लागि मुख्यमन्त्री नियुक्त भएकी छन्।

    ​मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि गोस्वामीलाई सरकारी अधिकारीहरूले आफ्नो कामबारे रिपोर्टिङ गर्ने र त्यसमाथि सृष्टिले जवाफ दिएकी छन्।

    विश्वमा निश्चित वर्ग र समूहको उत्थान र सम्वर्द्धन गर्न भन्दै बेलाबखत ती समूदायका प्रतिनिधिहरूलाई यसरी केही समयका लागि राज्यको उच्च तहमा नियुक्त गर्ने गरिएको छ। ​

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस