२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

‘नौ तले घर’ मा सरोज र आश्माको रोमान्स (भिडियो)

  • २०७७ पौष १२, आईतबार मा प्रकाशित ३ साल अघि
  • पुष १२, २०७७
    काठमाडौं । गायक प्रताप दास र गायिका तुलसा लिम्बुको युगल स्वर रहेको गीत ‘नौ तले घर’ भिडियोसहित सार्वजनिक भएको छ । डान्सिङ शैलीको गीतमा डिपी खनालको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । गीतमा निरज श्रेष्ठको संगीत संयोजन छ ।

    गीतको भिडियोमा कार्टुन क्रुका सरोज र आश्मा विश्वकर्माको साथमा गम्भीर बिष्ट र करिष्मा सिंह ठकुरीको अभिनय देख्न सकिन्छ । नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन रहेको गीतको कोरियोग्राफी तथा निर्देशन गम्भीर विष्टले गरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस