२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

रुसमा भ्याक्सिन लगाएपछि रक्सी नखान चेतावनी, जनताले गरे विरोध

  • २०७७ मंसिर २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • मंसिर २६, २०७७

    एजेन्सी । रुसी अधिकारीहरुले कोरोना भाइरसको भ्याक्सिन लगाउनुपूर्व र लगाइसकेपछि केही समय रक्सी नखान चेतावनी दिएका छन् । अल्कोहलले शरीरको प्रतिरोधी क्षमता कम गर्ने भन्दै उपभोक्ता स्वास्थ पर्यवेक्षण समूहकी प्रमुख अन्ना पोपोभाले  रक्सी सेवन नगर्न चेतावनी दिएकी हुन् ।

    ‘यसले शरीर खराब गर्छ । यदि हामी स्वस्थ रहन चाहन्छौं र आफ्नो प्रतिरोधी क्षमता बलियो बनाउन चाहन्छौं भन्ने रक्सी सेवन नगरौं,’ उनले भनेकी थिइन् ।  उनका अनुसार भ्याक्सिनका दुई डोजमध्ये पहिलो डोज लगाउनभन्दा कम्तिमा दुई साताअघि रक्सी त्याग्नुपर्छ र भ्याक्सिन लगाइसकेपछि थप ४२ दिनसम्म यसको सेवन गर्नुहुन्न् ।

    रुसी भ्याक्सिन स्पुुतनिक पाँचौले गत अगस्टमै स्वीकृति पाएको थियो । २१ दिनको अन्तरमा यो भ्याक्सिनका दुई डोज लगाइन्छ । रुस सरकारले यसै साताबाट जनस्तरमा भ्याक्सिन लगाउने काम सुरु गर्दैछ । त्यसका लागि डाक्टर, शिक्षक, सेना र सामाजिक कार्यकर्तालाई पहिलो प्राथमिकतामा राखिएको छ ।

    तर केही रुसीहरुले अल्कोहल सेवन गर्न नहुने चेतावनी ‘तर्कविहीन’ रहेको प्रतिक्रिया दिएका छन् । यस्तो चेतावनीले भ्याक्सिनको फाइदालाई छायाँमा पर्ने दाबी समेत उनीहरुले गरेका छन् । विश्वमा अत्याधिक रक्सी सेवन गर्नेहरुमध्ये रुसी जनता अगाडि छन्, यद्यपी २००३ यता यहाँ रक्सीको खपत निकै कम हुँदै गएको छ ।
    ‘यो मेरा लागि हैरानीको कुरा हो । ८० दिनसम्म रक्सी नखानु सम्भव हुन्छ जस्तो लाग्दैन,’ मस्कोकी इलिना क्रिभेनले भनिन् । विशेषगरी चाडवाडको समयमा अल्कोहल त्याग्दा शरीरमा पर्ने तनाव भ्याक्सिनको साइड इफेक्ट र तदाकथित फाइदाभन्दा पनि खराब हुने उनको दाबी छ ।

    यता, भ्याक्सिन निर्माता अलेस्यान्द्रर गिन्टस्वर्गले अधिकारीहरुको निर्देशन विपरितको अभिव्यक्ति दिएका छन् । ‘एक ग्लास स्याम्पियनले कसैलाई हानी गर्दैन, तपाईको प्रतिरोधी प्रणालीलाई पनि,’ उनले भनेका छन् । शरीरले प्रतिरोधी क्षमता विकास गरिरहेका बेला सावधानीपूर्वक अल्कोहलको मात्रा घटाउन उनले सुुझाव दिएका छन् । ‘पूर्ण रुपमै छाड्नुपर्छ भन्ने पनि होइन,’ उनले थपे ।

    रुसी भ्याक्सिन लगाउने विश्वका सबै देशका मानिसले यो सुझाव पालना गर्नुपर्ने उनले बताएका छन् । पाभेल गोरियाक्चिनले फेसबुकका लेखेका छन्, ‘हाम्रो देशका अधिकांश जनताका लागि यो पूर्णत असम्भव छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस