२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

मंसिर र समुन्द्र

  • २०७७ मंसिर ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • अमित घिमिरे

    मंसिर ४, २०७७

    भीमकाय मुख वहाएको मंसिर
    मेरो प्रेमलाई निल्ने छ
    हो, मंसिर एक घर बसाएर अर्को घर उजाड्ने छ
    समुन्द्रको कथा जस्तै
    लहरमा खेलीरहेको भुरोको चप्पल बगायो
    बालुवाको धापमा उसले
    :”समुन्द्र चोर” हो भनेर लेखिदियो
    जलहारीहरुको जालमा धेरै माछा फस्यो
    जलहारीले उसैगरी लेखिदिए
    “समुन्द्र प्राणदाता हो”
    त्यही समुन्द्र तटमा पौडदै गरेको युवक बग्यो
    आफन्तले लेखे “समुन्द्र ज्यानमारा हो, हत्यारा हो”
    अलि पर
    गंगास्नानमा बसेको गरिवले
    ठूलो सिपिभित्र मोति भेट्टायो
    उसले लेख्यो “समुन्द्र किस्मत विधाता हो”
    यस्तै यस्तै
    केहीबेरमा ठूलो लहर उठ्यो
    समुन्द्रको किनारमा
    बालुवाको धापमा लेखिएका सबै अक्षर मेटिए
    त्यस्तै
    चप्पल गुमाउने
    ज्यान गुमाउने
    माछा पाउने
    मोति पाउने
    स्थान उही
    त्यस्तै
    मंसिर
    भीमकाय मुख वहाएको मंसिर
    मेरो प्रेमलाई निल्ने छ
    हो, मंसिर एक घर बसाएर अर्को घर उजाड्ने छ
    समुन्द्रको कथा जस्तै
    म गुमाउने छु
    कसैले पाउने छ
    पाउनु र गुमाउनु प्रेम
    समुन्द्रको परिधि मंसिर ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस