२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

कोरोना भ्याक्सिन कोभिशिल्डका चार करोड डोज तयार

  • २०७७ कार्तिक २७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक २७, २०७७
    एजेन्सी: छिमेकी मुलुक भारतमा कोरोना संक्रमित बढ्दै गर्दा खुसीको खबर सार्वजनिक भएको छ ।

    सिरम इन्स्टिट्यूट अफ इन्डिया (एसआईआई) बिहीबार अक्सफोर्ड र एस्ट्राजेनिकाको कोरोना भ्याक्सिन कोभिशिल्डका चार करोड डोज तयार गरिएको जनाएको छ ।

    यसका साथै तेस्रो तथा अन्तिम चरणको परीक्षण (ट्रायल) का लागि १६ सय नागरिकले नाम दर्ता गरेको एसआईआईको भनाइ छ ।

    इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को निगरानीमा कोभिशिल्डको ट्रायल चलिरहेको छ ।

    एसआईआईले अमेरिकी कम्पनी नोभाभेक्‍स (ल्यखबखबह) बाट पनि नोभाभेक्स भ्याक्सिनका लागि सम्झौता गरेको छ ।

    नोभाभेक्सले एसआईआईसँग सन् २०२१ सम्म एक सय करोड डोज पूर्ति गर्ने सम्झौता गरेको भारतीय सञ्चार माध्यम ‘दैनिक भास्कर’ ले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस