२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

स्वास्थ्यमा समस्या आएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन राजीनामा दिँदै

  • २०७७ कार्तिक २१, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • कार्तिक २१, २०७७

    एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २०२१ को सुरुतिर राजीनामा दिने बताइएको छ ।

    स्थानीय मिडियाका अनुसार पुटिनले स्वास्थ्य समस्याका कारण राजीनामा दिन लागेका हुन् । ‘द सन’ पत्रिकामा उल्लेख भए अनुसार ६८ वर्षीय पुटिनलाई पार्किन्सन रोगको लक्षण देखिएको छ । मिडिया रिपोर्टका अनुसार पुटिनको खुट्टाको चालमा स्थिरता देखिनुका साथै उनी पीडामा रहेको बताइएको छ ।

    मस्कोस्थित राजनीतिशास्त्रका प्राध्यापक भलेरी सोलोभीले पुटिनले आगामी जनवरीमा सत्ता हस्तान्तरण गर्ने योजना बनाएको बताए । सत्तामा रहनेगरी हालै संविधान नै संशोधन गराएका पुटिनको राजीनामाको तयारीलाई अनपेक्षित रुपमा हेरिएको छ । उनले जनमत संग्रहपछि संविधान संशोधन गरेका थिए ।

    सबैभन्दा लामो अवधिसम्म सत्तामा रहने नेतामध्ये पुटिन पनि एक हुन् । १९९९ देखि २००८ सम्म प्रधानमन्त्री रहेका पुटिन २०१२ देखि राष्ट्रपति भए ।

    २०१९ मा उनीविरुद्ध देशव्यापी विशाल जनप्रदर्शन हुँदा पनि सत्ता नत्यागेका पुटिनले हाल स्वास्थ्य समस्या देखिएपछि राजनिामाको तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस