२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

यी संकेतबाट बुझ्नुस् युवती तपाईंमा आकर्षित छिन्

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • असोज १७, २०७७
    एजेन्सीः जब कुनै युवकले कुनै युवतीलाई मन पराउँछन्, तब उसले तपाईंलाई इम्प्रेस गर्न कोसिस गर्छन् र त्यस्ता केही संकेत दिन्छन्, जसमार्फत कुरा युवतीको मनसम्म पुग्न सकोस् । यस हर्कतलाई तपाई उनीहरुको फ्लर्टिङ क्षमता पनि भन्न सक्नुहुन्छ । तर, यस्तो होइन कि जिस्क्याउन केवल युवकलाई आउँछ । यस मामिलामा युवतीहरु पनि कम छैनन् ।

    युवतीले यदी कसैलाई मन पराउँदैछिन् भने उनी आफ्नो हाउभाउ र व्यवहारमार्फत यसको संकेत दिन्छिन् । उनले त्यस्ता केही संकेत दिन्छिन्, जसबाट थाहा हुन्छन् कि उनले तपाईंलाई मन पराइरहेकी छिन् ।
    खासमा त युवतीहरुलाई कसैले पनि पुरै तरिकाले जान्न सकेको छैन, तर केही त्यस्ता संकेत अवश्य छन्, जसमार्फत तपाईले आफुलाई युवतीले मन पराएको कुरा जान्न सक्नुहुन्छ ।

    नजिक आउनु 

    यदि कोही युवती कुराकानीका क्रममा युवकको नजिक आउँछिन् भने यसको मतलब उनी ती युवकलाई मन पराउँछिन् भन्ने हो ।

    कपाल मिलाउनु 
    यदि युवतीले पटक–पटक आफ्नो हात कपालमा पु¥याउँछिन् । तपाईंलाई देखेपछि कपाल मिलाउँछिन् वा हातले लट्टा चलाउँछिन् भने पक्कै पनि उनलाई तपाई आकर्षक लागेको हुनुपर्छ । उनी तपाईसँग कुराकानी गर्न आतुर छिन् ।

    सम्झनुस् आँखाको भाषा 
    जब महिलाहरुले कसैलाई जिस्क्याउँछन्, तब उनीहरुको आँखाले पनि धेरै कुरा बोलिरहेको हुन्छ । यदि कुरा गर्दा गर्दै केही समय नजर मिलाएपछि उनले आफ्नो आँखा झुकाउँछिन् भने तपाईका लागि उनको मनमा केही खास छ भन्ने सम्झनुस् ।

    लुक्दैन मुस्कान 
    जब युवतीले कसैलाई मन पराउँछन् वा जिस्कन्छन् तब ती व्यक्तिसामु पुग्दा उनको मुस्कान लुक्न सक्दैन । हरेक पटक तपाईंको अगाडि आउँदा उनको अनुहारमा आउने मुस्कानले नै सबैकुरा भन्छ ।

    कपडा मिलाउनु 
    यदी कोही युवतीले कसैलाई मन पराउँछन् भने उनलाई इम्प्रेस गर्न कुनै मौका गुमाउन चाहँदैनन् । यदि तपाईंसामु आउँदा उनले आफ्नो कपडा मिलाएजस्तो गर्छिन् भने संझनुस् उनले तपाईलाई मन पराउँछिन् ।

    कुराले रिझाउने 
    जो महिला केटासँग जिस्कने काममा पोख्त हुन्छन्, उनीहरुले आफ्नो आवाजको पनि राम्रो प्रयोग गर्छन् । उनीहरुले आफ्नो आवाजलाई आकर्षक बनाउँछन् । जसकारण, युवक पनि आकर्षित होस् ।

    स्पर्शको महसुस 
    यदि कुनै जानेरै युवतीले तपाईंको हात वा काँधमा हात राख्छिन् भने यो सिधा संकेत हो कि उनले तपाईंलाई मन पराउँछिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस