२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ (भिडियो)

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • असोज ९, २०७७
    काठमाडौंः सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक भएको छ। सुरज गैह्रे ‘विवस’को शब्द रहेको गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्टको स्वर रहेको छ।

    राजेन्द्र स्वयंको संगीत रहेको गीतले माया गर्ने जोडीहरूमा उत्पन्न हुने शंकाको विषयमा चर्चा गर्न खोजिएको छ। गीतको म्युजिक भिडियोमा नायक तथा मोडल पल शाह, नायिका वर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ।

    म्युजिक भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन्। सञ्चारकर्मी बरालका यसअघि ‘हरेक रात सपनीमा’, ‘लभ पर्न सक्छ’ लगायतका गीत चर्चामा रहेका छन्। गीतले सार्वजनिक भएको छोटो समयमै लोकप्रियता कमाएको छ।

    भिडियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस