२०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

असारयता बाढी पहिरोबाट ७३ को मृत्यु, ४२ अझै बेपत्ता

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ५ साल अघि
  • भदौ २९, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लामा असारयता मात्रै बाढी पहिरोमबाट ७३ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४२ जना बेपत्ता रहेका छन् ।

    आइतबार बाह्रबिसे नगरपालिका ७ मा गएको पहिरोमा मात्रै १३ जनाको मृत्यु भएको छ भने १८ जना हालसम्म पनि बेपत्ता नै रहेका छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका १२ र ९ मा आएको बाढी पहिरोले २ जनलाई बगाएको थियो भने १ जना हालसम्म पनि बेपत्ता छन्।

    असार २४ बाह्रबीसे नगरपालिका ५ जम्बुमा बजार नै बगाउने गरी आएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ जना हालसम्म पनि हराइरहेका छन् । त्यस्तै सोही दिन भोटेकोशी गाँउपालिका–४ वुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो । यसैगरी साउन १ गते भोटेकोशी गााउपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पु¥यो ।

    त्यस्तै, साउन १९ गते राति परेको अविरल वर्षका कारण मेलम्ची नगरपालिका–११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरोनै पुर्दा ९ जना कामदारले ज्यान गुमाउन पर्यो । यस्तै मेलम्ची खानेपानीको गेट फुटला खोलाको बेगले २ जनलाई बगाएको थियो जसमा १ जना हालसम्म पनि हराइरेहका छन् । यस्तै सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका २ वरुवामा एक दम्पतीले पहिरोमा परि ज्यान गुमाए ।

    त्यस्तै साउन ३० गते सिंगो गाउँ नै पुरिने गरी आएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् । सो पहिरोमा हालसम्म पनि २ जना हराइरहेका छन् । सिन्धुपाल्चोकमा यो वर्षको वर्षायाम सुरु भएयता ७३ जनाले ज्यान गुमाएका छन्।

    पहिरोमा हालसम्म ४२ जना हराईरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । पहिरोमा परी जिल्लाभर १ सय ३० घर पुर्ण रुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए। जसमध्ये बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाँउपालिकामा २०, जुगल गाँउपालिकामा २९ र शुनकोशी गाँउपालिकामा ४ घर पहिरोले पुर्ण रुपमा नै क्षति भएका हुन् । यस्तै बाढी पहिरोले सयौँ परिवार विस्थापित बाढी र पहिरोमा परी बिस्थापित भएका छन् ।

    पहिरोले सबैभन्दा बढी बाह्रबीसे नगरपालिकाको १४ सय ४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने बताए। यस्तै क्रमस भोटेकोशीमा ८७५ जुगल गाँउपालिकामा ४०८, मेलम्ची नगरपालिकामा १४३ पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६ हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८,सुनकोशी गाँउपालिकामा ८४ लिसंखुपाखर गाँउपालिकामा ४८, बलेफि गाँउपालिकामा ७४ र त्रिपुरासुन्दरी गाँउपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने बताए।

    जिल्लामा हालसम्म पहिरोका कारण मुतक परिवारहरुलाई एकमुष्ट १० लाख, पहिरोले आवास बिहिन बनाएका परिवारहरुलाई जम्मा ११ लाख ८५ हजार र पहिरो पीडितलाई १० लाख ९ हजार राहत वितरण गरेको बताए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस