२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

भारतको गंगा नदीमा फ्रान्सेली महिला नांगै भिडियो खिच्‍न थालेपछि…

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • भदौ १६, २०७७
    नयाँदिल्लीः भारतको चर्चित तीर्थस्थल हृषीकेशस्थित गंगा नदीमा रहेको पुलमा नग्‍न भिडियो खिचेको भन्दै एक फ्रान्सेली महिला पक्राउ परेकी छन् ।

    ती महिलामाथि इन्टरनेट कानुन अन्तरगत मुद्दा समेत दायर गरिएको छ । गंगा नदीमाथिको लक्ष्मण झुला पुलमा खिचिएको उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    इन्टरनेट कानुनअन्तर्गतको मुद्दामा उनी दोषी प्रमाणित भएमा तीन वर्षसम्मको जेल सजाय दिइने बताइएको छ । यस स्थान हिन्दू समुदायका लागि पवित्र स्थल मानिन्छ र पर्यटकहरूका लागि आकर्षणको केन्द्र पनि ।

    बीबीसीमा प्रकाशिन समाचार अनुसार ती महिलाले आफ्नो गहनाको व्यापार प्रवर्धन गर्ने उद्देश्यले भिडियो बनाएको बताएकी थिइन्। हालका लागि उनी धरौटीमा छुटेकी छन्।

    प्रहरीले भने यस हर्कतलाई आपत्तिजनक मान्दै पक्राउ गरेको जनाएको छ । हृषीकेश धार्मिक स्थल भएको र उक्त पुलबाट राम, सीता र लक्ष्मणले गङ्गा नदी तरेको किंवदन्ती छ । फ्रान्सेली महिलाले सोधपुछको क्रममा त्यस स्थानमा भिडियो खिच्नु गैरकानुनी भएको थाहा नभएको जनाएकी छन् । तर आफू सर्वांग नांगो नभएको पनि उनको भनाइ छ । एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस