२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

काली सुन्दरी केली!

  • २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • भदौ ८, २०७७

    लन्डनः हलिउड अभिनेत्री केली ब्रुकले रेडियो तथा टेलिभिजन दुवैमा आफ्नो करिअर बनाएकी छन्। यसबाहेक यी अभिनेत्री सधैं लुक्सका कारण पनि चर्चामा रहन्छिन्।

    हालै उनी साँझको समयमा लन्डनको सडकमा देखिएकी थिइन्। त्यस बेला खिचिएका केही तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्। उमेरले ४० टेकेकी केली ब्ल्याक ड्रेसको तस्बिरमा निकै बोल्ड देखिएकी छन्।

    आँखामा चस्मा, सटबल मेकअप, सेड्स र खुल्ला कपालमा केलीको सौन्दर्य झनै निखारिएको छ। उनले सडकमै मुस्कुराएर तस्बिरका लागि विभिन्न पोजसमेत दिएकी छन्। त्यसैले फ्यानले पनि उनका तस्बिर निकै मन पराएका छन्।

    केलीले आफ्नो फिटनेसका लागि समेत कैयौं उपाय अपनाउने गरेकी छन्। एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस