२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

सुशान्त सिंह मृत्यु प्रकरणमा प्रहरीभित्रै विवाद

  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • साउन २०, २०७७

    नयाँदिल्ली : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनबारे अनुसन्धानको क्रममा बिहार प्रहरी र मुम्बइ प्रहरीबीच विवाद उत्पन्न भएको छ ।

    घटनाको अनुसन्धानका लागि मुम्बइ पुगेका बिहारका आईपीएस अधिकारी विनय तिवारीलाई जबर्जस्ती क्वारेन्टाइनमा राखिएको बताइएको छ । बिहार प्रहरीका महानिर्देशक गुप्तेश्वर पाण्डेले यस्तो आरोप लगाएका हुन् । सुशान्तको मृत्युबारे उनका बाबुले बिहार प्रहरीमा मुद्दा दायर गरेका थिए ।

    सोही क्रममा बिहार प्रहरीको एक टोली केही समयअघि अनुसन्धानका लागि मुम्बइ पुगेको थियो । जसको नेतृत्व गरेका थिए विनय तिवारीले । उनैलाई मुम्बइ प्रहरीले क्वारेन्टाइनमा राखिदिएको हो ।

    तर बिहार प्रहरीले उक्त घटनाको विरोध गरेको छ । मुख्यमन्त्री नितिश कुमार लगायत अन्य उच्च अधिकारीले मुम्बइ प्रहरीको कदमप्रति आपत्ति जनाएका थिए । बीबीसी हिन्दीका अनुसार तिवारीलाई मुम्बइ प्रहरीले रातको ११ बजे पक्राउ गरी क्वारेन्टाइनमा राखिदिएको थियो ।

    बिहार प्रहरीले आफूलाई जानकारी नदिइकन यसरी पक्राउ गरिएको घटनामा मुम्बइ प्रहरीको विरोध जनाएको छ । मुम्बइ प्रहरीले भने एक राज्यको प्रहरीले अर्को राज्यमा गएर अनुसन्धान तथा जाँचबुझ गर्न नसक्ने प्रतिक्रिया दिएको छ । भारतमा एक राज्यको घटनालाई लिएर अर्को राज्यमा उजुरी दिन पाइए पनि प्रहरीलाई अर्को राज्यमा गएर सूचना विना नै अनुसन्धान गर्न छुट नभएको मुम्बइ प्रहरीले जनाएको हो । एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस