२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

दीपिकाबारे कंगना–स्वारा द्वन्द्व!

  • २०७७ श्रावण १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • साउन १८, २०७७
    मुम्बईः केही समयदेखि बलिउड अभिनेत्री कंगना रनौत र स्वरा भाष्करबीच जिब्रोको लडाइँ चलिरहेको छ। जब स्वरा भाष्करले दीपिका पादुकोणमाथि जेएनयू जान पाँच करोड लिएको आरोप लगाउनेलाई पेल्न थालिन्।

    त्यसपछि कंगनाको टिमले स्वरालाई व्यंग्य गर्दै भन्यो, ‘प्रदर्शनमा भाग लिन दीपिका पादुकोणले पैसा पाएको कुरा सुन्दा अचम्म लाग्यो। आजसम्म उनले कुन चाहिँ प्रदर्शमा पैसा पाएकी थिइन् र ? आजसम्म सित्तैमा गर्दै गएकी छन्।’

    कंगनाको टिमले ट्विटमा लेखे, ‘‘बेचारी स्वरा त आजसम्म सित्तैमा गर्दै आएकी थिइन्, उसलाई थाहा रहेनछ कि दीपिकाले जेएनयू जाँदा पैसा पाउँछिन्? ’ यो ट्विटको जवाफमा कंगनामाथि कटाक्ष गर्दै स्वराले लेखिन्, ‘केही व्यक्ति सिद्धान्तवादी हुन्छन्, न कि अवसरवादी, कोही व्यक्तिमा दो स्रोको डरको प्रयोग गर्ने प्रतिभा हुँदैन।’

    हालै एक ट्विटर प्रयोगकर्ताले लखे, ‘दीपिकालाई जेएनयूमा विरोध प्रदर्शनमा सहभागी हुन पाँच करोड प्राप्त भएको थियो।’ यसको जवाफमा स्वराले भनिन्, ‘जेएनयू जान दीपिकाले पाँच करोड पाएको दाबा सिर्फ जनतालाई भ्रम पार्न मात्रै गरिएको हो। यो आरोप अश्लील र अपमानजनक छ।’

    २०२० को सुरुआतमा दीपिका फिल्म ‘छपाक’ को प्रोमोसनको क्रमामा जेएनयू पुगेकी थिइन्। दीपिकाको यात्रालाई लिएर निकै विवाद भएको थियो। त्यसबेला त्यहाँ लेफ्टिस्ट विद्यार्थीको प्रदर्शन चलिरहेको थियो। एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस