२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

साउन १४ को राशिफलः कस्तो छ आजको तपाईको दिन? हेनुहोस्

  • २०७७ श्रावण १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • साउन १४, २०७७

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुविधा उत्पन्न हुनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । सन्तान सुखपनि मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    बैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    नयाँ व्यक्ति संग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आस मारेको काम बन्न सक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । भूमिबाटपनि लाभ रहला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज पारिवारिक जमघट र समर्थन पाईएला । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नो परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

    (ज्यो.प. नारायणप्रसाद दुलाल)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस