२०८१ जेष्ठ १०, बिहिबार | Thu, 23, May, 2024

पाँच विम्बमा देश

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • साउन १२, २०७७

    अमित घिमिरे

    १)
    यो देश बुद्धको हैन
    देश बलात्कारीहरुको हो ।

    २)
    न्याय मरेको मुलुकका
    ज्यानमारा उन्मुक्ति पाउँछ
    गीत गाउने र लेख्ने जेलमा सड्छ
    सम्बृद्धि पोलमा पासो पर्छ
    पाङ्ग्रेहरु खुट्टो उचालेर सलामी दिन्छन् ।

    ३)
    भूगोल र झण्डामा मात्र
    देश–देश भएको छ
    नागरिक भएर देश देश भएको छैन
    महिसासुरले दुर्गा वध गर्ने देश हो यो ।
    व्यर्थै देश खोजेर बौलाउँछन् यज्ञराज
    बौलाउनलाई कर तिर्नुपर्ने राष्ट्रका प्रजाहरु
    फेरि पनि सौभाग्यसाली नागरिक
    यज्ञराज, दुर्गादेवी
    नीलप्रसाद, गंगामाया
    म, तपाई, हामी सबै–सबै ।

    ४)
    के को रोइलो हो यो
    हुँडारहरुको
    कता गन्हायो यहाँ सिनो
    के निर्मलाका अमलाका गेडा जत्रा छातीको अझै
    मासुका चौटाहरुको अवशेष रहेछ
    गोविन्द केसीको मासु लुस्न पाएनन् क्यार !
    नन्दप्रसाद अधिकारी त अस्तु भए क्यार !

    ५)
    गिद्धहरुले कसोरी छोडेछन् त चौटो
    उधिन्ने मन गरेनछन्
    शायद डकार आउने गरी
    अमन हुने गरी काँचो मासु लुसेंपछि
    गिद्धहरु उधिनी बस्दैनन् शेष मासुहरु ।

    (भिडियो)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस