२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

असार २३ को राशिफलः कस्तो छ आजको तपाईको दिन? हेर्नुहोस्

  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ६ साल अघि
  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आर्थिक कारोवारमा मन्दी आउनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । फलदायी यात्रा नरहला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    नयाँ कार्यको योजना बन्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आफन्तले सहयोग गर्नेछन् ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सागीतिक क्षेत्रमा रुची बढ्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रापनि रहला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कला, साहित्य एवं संगीतमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद् यात्राको योग छ । कला,साहित्यमा रूचि बढ्नेछ । मंगल कार्यको योग छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । न्यायिक कार्यमापनि सफलता मिल्नेछ ।

    (ज्यो.प. नारायणप्रसाद दुलाल)

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस