२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

असार १४ को राशिफलः कस्तो छ तपाईको दिन? हेर्नुहोस्

  • २०७७ अषाढ १४, आईतबार मा प्रकाशित ३ साल अघि
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मुल्याङन हुनेछ । मनमा शान्ति छाउला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    शुभ कार्यमा सरिक भाईनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रविधि मार्फत आफन्त संग भेटघाट हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज सामान हराउने योग छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्ने र नयाँ सवारी कार्य प्राप्तिको योग छ । दिनको उत्तरार्धमा खर्च बढ्ला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नयाँ योजना बन्ने र सहकार्यको अवसर मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध राम्रो रहनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज मन प्रसन्न रहने र अधुरो काम पूरा हुन सक्छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । रोकिएको नयाँ कमको पुनस् थालनी हुनेछ । धार्मिक यात्राको योगपनि छ ।
    (ज्यो.प. नारायणप्रसाद दुलाल)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस