२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

जान्नुहोस आफ्नो भाग्य ः यस्तो छ तपाईंको २४ घण्टा

  • २०७६ भाद्र १७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • खबरज्योती
    १७ भदौ २०७६, सिन्धुपाल्चोक ।

    मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सद्भाव बढ्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। आकस्मिक धनलाभ हुनेछ। महिला वर्गबाट सहयोग मिल्नेछ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। रोमाञ्चक यात्रा होला। प्रेमीको सहयोग प्राप्त हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन खिन्न हुने स्थिति आउनेछ। कार्य सम्पादनमा सहजता नमिल्ला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। स्वास्थ्यप्रति सजक रहनु होला।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ। शुभ समाचार सुन्न पाइएला।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इनाम र प्रतिष्ठा कमाउने बेलाछ। परिवारमा सुख सन्तोष छाउनेछ। अधुरो काम बन्नेछ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुनेछ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) श्रमको उचित मुल्याङ्कन हुनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार सुन्न पाइएला।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन सम्हाल्न आवश्यक हुनेछ। दुष्ट व्यक्तिको सँगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुलाई प्रभावित पारेर काम बन्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। पठनपाठनमा प्रगति हुनेछ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ। सवारी साधनको खरिद बिक्री हुने योग छ। दाम्पत्य जीवन सुखमय हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राज्यबाट मान सम्मान पाइनेछ। कुटुम्बको सहयोग मिल्नेछ। घरमा अतिथीको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा बाधा हुनुका साथै मन कमजोर रहला। घर परिवारमा झै–झमेलाको अवस्था आउला। कार्यमा अवरोध आउला। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस