२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

आकाशैको तारा गनेर बस्दै सम्झना

  • २०७४ चैत्र ५, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योती
    ४ चैत्र २०७४, सिन्धुपाल्चोक ।

    गायिका सम्झना मोक्तान तामाङले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । गुरुमा फ्लिम्स प्रालिको प्रस्तुतिमा रहेको गीत गायिका सम्झनाले युट्युबमार्फत सार्वजनिक गरेकी हुन् ।

    ‘आकाशैको तारा गनेर’ बोलका लोकदोहोरी गीतको म्युजिक भिडियोमा उनलाई गायक भीम तामाङले साथ दिएका छन् । गीतको रचना र संगीत दुबै सम्झनाको रहेको छ । भगीरथ गहामगरको निर्देशनमा बनेको भिडियोमा सविन गौतम र प्रियंका श्रेष्ठको अभिनय रहेको छ । म्युजिक भिडियो सुरेश श्रेष्ठले छायाँकन गरेका हुन् भने सुधन बस्नेतले सम्पादन गरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस