२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

`तामाङ नाम्सारी´ लिएर आए विशाल

Thumbnail
  • २०७४ पौष ६, बिहिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति
    ६ पौष २०७४, सिन्धुपाल्चोक ।

    विशाल काल्तान (तामाङ)को पहिलो म्हेन्दोमाय गीत`तामाङ नाम्सारी´ सार्वजानिक भएको छ ।

    सेलो जगतमा आफ्नो बेग्लै पहिचान सहित चर्चाको सिखरमा रहेका गायक विशालले आफ्नो पहिलो म्हेन्दोमाया गीत ल्हापसाङ कार्पो युटुब च्यानल मार्फत सार्वजानिक गरेका छन् ।

    सन्तबहादुर तामाङको शब्द र रोशन फ्युबाको संगितमा रहेको गीतलाई विशाल काल्तानले गाएका हुन भने उनलाई विना घले (लोप्चनले) साथ दिएकी छिन् । फापरे सेलो र खादोके सेलो भनेझै म्हेन्दोमाया पनि तामाङ गीत संगित भित्रको एक पाटो हो ।
    माया प्रेममा आधारित यस गितलाई छोटो समयमै धेरै स्रोताले मन पराएका छन् ।

    तामाङ कलाकार संघ नेपालको केन्द्रीय सचिव समेत रहेका विशाल लोकप्रिय गायक मात्र नभई बहुप्रतिभाशाली गायक पनि हुन् ।रचनाकार , संगितकार, गायक र मोडलिङ समेत आफै गर्न सक्ने विशालले अहिलेसम्म दुई दर्जन भन्दा बढि तामाङ चलचित्रहरुको गीतमा स्वर तथा संगित भरेका छन् ।

    आफ्नो तीन वटा एल्बम तेमाल कोर्बारि, मेलवान र फोकस अन सेलो जस्ता चर्चित एल्बम पछि अहिले नयाँ एल्बमको तयारीमा रहेकोले सोही काममा ब्यस्त रहेको बताउछन गायक तथा संगितकार विशाल काल्तान  ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस