२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

बिहान उठ्नेबित्तिकै यसो गर्नुस्

Thumbnail
  • २०७४ आश्विन ९, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति

    ९ असोज २०७४ ।

    बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानिसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ । शारिरीक व्यायमले शरीर फुर्तिलो बनाउँछ । त्यसैले बिहानको समयमा अधिकाँस मानीस शारिरीक व्यायममा केन्द्रित हुन्छन् । व्यायमसँगै पूजापाठमा सक्रिय रहन्छन् ।

    मनलाई शान्त पार्ने, देवतालाई खुशी पार्नमा प्रयत्नशील रहन्छन् । यी दुई कामसँगै अरु के के ग¥यो भने हुन्छ फलीफाप ?

    १. तामाको लोटामा राखेको पानी खानुहो :

    बिहान उठ्ने बित्तिकै तामाको भाँडामा राखिएको पानी पिउनु राम्रो मानिन्छ । यसको लागि राति सुत्ने बेलामा तामाको भाँडोमा पानी राख्ने र बिहान उठ्ने बित्तिकै पिउनाले पेट सम्बन्धी अधिकांश रोग कब्जियत, अपच, ग्याष्टिक आदि समस्या समाधान हुन्छ भन्ने विश्वास छ । यो काम गर्नु भन्दा पहिले चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

    २. तेलले मालिस गर्नु :

    दिनहुँ सम्भव नभए पनि शरीरमा तेल लगाउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । हुन त गाउँघरमा राति सुत्ने बेलामा तेल लगाउने चलन छ । तर, तेल लगाउँदा उत्तम समय बिहानलाई मानिन्छ । तेलले मालिस गर्नाले छालाको चमक बढ्छ भने शरीर स्वस्थ्य रहन्छ । सके सम्म तेल नुहाउनु भन्दा पहिले लगाउन उचित मानीन्छ । तेल मालिस गर्नाले शारिरीक थकान पनि मेटिन्छ र शरीरमा उर्जा प्राप्त हुन्छ ।

    ३. तुलसीमा जल चढाउनु :

    दिनहुँ बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।

    ४. सूर्यलाई जल चढाउनु :

    शास्त्रहरुमा भनिएको छ जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ । घर परिवार वा समाजमा उसको मान सम्मान हुन्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ । स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ ।

    ६. योग एवं ध्यान गर्नुहोस् :

    लामो समय सम्म स्वस्थ रहन र शरीरलाई पूmर्तिलो बनाइ राख्नको लागि सर्वश्रेष्ठ उपाय भनेको योगा हो । योगाले शरीरलाई धेरै किसिमका विमारीहरुबाट बचाउँछ । मानसिक स्थितिमा सकारात्मक प्रभाव पार्छ । ध्यानले क्रोधलाई नियन्त्रण गर्छ । मानसिक तनाब बाट मुक्ती दिलाउँछ । शरीरलाई रोग सँग लड्ने क्षमतामा वृद्धि गर्छ ।

    ७. घरको मन्दिरमा पूजा गर्नुहोस् :

    हरेक दिन बिहान घरमा आफुले स्थापना गरेको मन्दिरमा दियो बाल्नु अगरबत्ति जलाउनु उत्तम कार्य मानिन्छ । दियोको उज्यालो र अगरबत्तिको धुवाँले घरको वातावरणका नकारात्मक उर्जा खतम हुन्छ भने हरेक दिन विहान घरमा बत्ति बाल्नाले वास्तुका अनुसार पनि कयौं दोषहरु हट्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस