२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

स्वास्थ्य सेवामा उत्कृष्ट १० जिल्लाको नाम सार्वजनिक

Thumbnail
  • २०७४ आश्विन ९, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति

    ९ असोज २०७४, काठमाडौं ।

    स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा उत्कृष्ट १० जिल्लाको नाम सार्वजनिक गरेको छ। मन्त्रालयले विभिन्न मापदण्ड तयार गरी उत्कृष्ट जिल्ला छनौट गरेको जनाएको छ। आर्थिक वर्ष २०७३/०७४मा उत्कृष्ट स्वास्थ्य सेवा दिने पहिलो जिल्ला सुर्खेत बनेको छ। सुर्खेतले ८९ दशमलव ८ अंक लिएर पहिलो जिल्ला बनेको हो। ८८ दशमलव ३९ अंक लिएर अछाम दोस्रो बनेको छ। अछामले अघिल्लो वर्षमा ९२ दशमलव ४ अंक लिएको थियो। यसवर्ष अछामले अंक गुमाएको छ। अघिल्लो वर्ष ९० दशमलव ४ अंक पाएको बैतडीले यसवर्ष भने ८४ दशमलव ७३ अंक मात्र पाएको छ। बझाङले पनि अघिल्लो वर्षको तुलनामा ६ अंक कम पाएको छ।

    उत्कृष्ट १० जिल्ला

    सुर्खेत
    अछाम
    प्यूठान
    ललितपुर
    दार्चुला
    बैतडी
    दाङ
    पाल्पा
    रोल्पा
    बझाङ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस