२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

मिस सुनारको ताज अखिलालाई

Thumbnail
  • २०७४ आश्विन ९, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति

    ९ असोज २०७४, पोखरा ।

    अखिला सुनाले मिस सुनार नेपाल २०१७ की बिजेता बन्न सफल भएकी छन् । सुनार समुदायको युवतीहरुलाई लक्षित गरी पोखराको राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा अखिलालाई मिस सुनारको उपाधि दिइएको हो ।

    मिस सुनार नेपाल २०१७ की बिजेता बन्न सफल भएकी उनले १० तोलाको चाँदीका उपाधिको क्राउनसँगै पचास हजार रुपैया नगद र अन्य उपहार प्राप्त गरिन् । उपाधि प्राप्त गर्नका लागि प्रतियोगीहरुलाई लेखन र वक्तृत्वकला समेत प्रस्तुत गर्न लगाइएको थियो ।

    १५ प्रतिस्पर्धीहरुबाट दोश्रो चरणमा १० जना, तेश्रो चरणमा छ जना छनौट गरिएकोमा फाइनल राउण्डमा निर्णायकले सोधेको प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तिम निर्णय आएको थियो ।

    प्रतिस्पर्धीको मूल्याङकनका लागि चलचित्र निर्देशक तथा गायक नेत्र गुरुङ, मिस्टर पोखरा २०११ त्था मोडल निरज पन्त, मिसेस तिज २०६८ तथा सञ्चारकर्मी, सौन्दर्यकर्मी रोजी श्रेष्ठ, प्रथम मिस सुनारकी सेकेन्ड रनरअप शिला सुनार र समाजसेबी तथा ब्यबसायी प्रकाश शेर्पाइलीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    सञ्चारकर्मी एवं कोरियोग्राफर सुरज थापा र इनिशा दुरामगरले सञ्चालन गरेको कार्यक्रममा नेपालकै चर्चित डान्स ग्रुप कार्टुनिज क्रु र कास्की जुनतारा बिजेता सुभेच्छा तामाङको नृत्यले थप मनोरञ्जन थपेको थियो । साथै स्थानिय कलाकारहरुले नृत्य तथा सांगीतिक प्रस्तुतीहरु राखेका थिए ।

    करिब ५ घण्टा सम्म चलेको प्रतियोगिताको कोरियोग्राफी नेपाल नेक्स्ट टप मोडल सिजन दुईकी बिजेता एवं मोडल मुस्कान घोताने सुनारले गरेकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस