२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

देउवाकाे नेतृत्वमा संयुक्त सरकार बनाउने विपक्षी गठबन्धनकाे निर्णय

  • २०७८ अषाढ २८, सोमबार मा प्रकाशित ४ साल अघि
  • असार २८, २०७८
    काठमाडौं : विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवाकाे नेतृत्वमा संयुक्त सरकार बनाउने निर्णय गरेकाे छ।

    एमाले नेता माधवकुमार नेपाल निवास काेटेश्वरमा बसेकाे बैठकले संयुक्त सरकार बनाउने निर्णय गरेकाे कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए।

    उनले भने, ‘भोलि सानाे मन्त्रीपरिषद् बन्छ। त्यसपछि अावश्कताअनुसारकाे छलफल गरेर थप गर्दै जाने सहमति बनेको छ।’

    मन्त्रीपरिषद्काे बिषयलाई टुंगोमा पुर्‍याउन भाेलि फेरि शिर्ष नेताकाे बैठक बस्ने बताए।

    सर्वोच्च अदालतले संसद् पुन:स्थापना गर्ने र कांग्रेस सभापनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि विपक्षी गठबन्धन सरकार गठनकाे तयारीमा लागेका हुन्।

    सर्वाेच्चले प्रधानमन्त्री ओलीले जेठ ८ गते दोस्रो पटक गरेको संसद् विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि गठबन्धनले छलफललाई तीव्रता दिएकाे छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस