२०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

अन्तरजातीय विवाह गर्ने जाेडीलाई नगरपालिकाबाट नगदसहित सम्मान

  • २०७८ अषाढ १६, बुधबार मा प्रकाशित ४ साल अघि
  • असार १६, २०७८

    चाैतारा : अन्तरजातीय विवाह गर्ने जोडीलाई चौतारा साँगाचोकगढी नगरपािलकाले नगदसहित सम्मान गरेको छ। अन्तरजातीय विवाह गर्ने दुई जाेडीलाई नगरपालिकाले सम्मान गरेकाे हाे।

    चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोग र नगर स्तरीय दलित समन्वय समितिको आयोजनामा दलित, गैह्र दलित तथा दलितसहिद परिवारलाई ५/५ हजार नगदसहित सम्मान गरेको हाे।

    नगर प्रमुख अमानसिं तामाङको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख जानुका पराजुलीको बिशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा २ नवजोडी र ३ दलितसहिद परिवारलाई नगरप्रमुख तामाङले सम्मान गरे।

    चौतारा साँगाचोकगढी नगरपालिका छुवाछुत मुक्त नगर यसअघि नै घाेषणा भइसकेकाे छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस